Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

जसपा विभाजन गर्न अध्यादेश ल्याएका ओलीले तीन वर्षअघि गरेका थिए उपेन्द्रको अपमान


जसपा विभाजन गर्न अध्यादेश ल्याएका ओलीले तीन वर्षअघि गरेका थिए उपेन्द्रको अपमान

जसपा विभाजन गर्न अध्यादेश ल्याएका ओलीले तीन वर्षअघि गरेका थिए उपेन्द्रको अपमान
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट निकै तितो अपमान खेपेका थिए ।

नेपालगन्जमा तत्यो चुनावी माहौल पुर्ब मन्त्री ईस्तियाक राई लाई हराउन युवाहरु मैदानमा
२०७६ मंसिर ४ गते ओलीले उपेन्द्रलाई जानकारीसमेत नगराई स्वास्थ्य मन्त्राययबाट कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा सारेका थिए ।

त्यतिबेला उपेन्द्र निकट डा। सुरेन्द्र यादवलाई स्वास्थ्य मन्त्रीबाट बर्खास्तीसमेत गरेका थिए । मन्त्रिमण्डल फेरबदल गर्दा उपेन्द्र विदेश भ्रमणमा थिए । विदेशमै भएको बेला उपेन्द्रले अपमान भोगेका थिए ।

लाखौ मधेसी युवाले पाउनुपर्ने नागरिकताको विरोधमा थिए उपेन्द्र यादव, एमालेसँग मिलेपछि भयो पुष्टि
स्वास्थ्य मन्त्रीबाट कानून मन्त्रीमा झारेपछि केही दिनसम्म उपेन्द्र सार्वजनिक कार्यक्रममा जान छाडेका थिए । यहाँसम्म कि मन्त्रालयले गरेका औपचारिक कार्यक्रममासमेत उपेन्द्र गएनन् । त्यो बेला उनले ठूलो पीडा महसुस गरेका थिए ।
बहालवाला मन्त्री विदेश गएर फर्कदा त्यो मन्त्रालयको जिम्मेवारीमै नहुनु आश्चर्य हो । त्यो आश्चर्य दिन सक्ने नेता ओली नै हुन् । त्यसको करिब एक महिनासम्म उपेन्द्र मन्त्रिपरिषद्को बैठकमा पनि गएनन् ।

मन्त्रिपरिषद्को बैठक बसेको बेला बैठक छल्न उनी मधेस जाने गर्थे । २०७६ पुस ७ गते बसेको बसेको मन्त्रिपरिषद्को बैठकमा यादव कानून न्याय मन्त्रीको हैसियतबाट पहिलो पटक बैठकमा सहभागी भए ।

बैठकको अन्तिममा मन्त्री यादवले प्रधानमन्त्री ओलीसँग ‘मेरो एउटा प्रस्ताव छ’ भनी एउटा लिखित प्रस्ताव पेश गर्न खोजे । ओलीले प्रस्ताव के हो भनी ठाडो प्रश्न गरे । त्यसपछि उनले ‘संविधान संशोधन सम्बन्धी प्रस्ताव छ’ भनी जवाफ फर्काए ।

त्यसपछि ओली कड्किए । उपेन्द्रलाई अपमान गर्दै ओलीले भने, ‘तपाई यति दिनसम्म मन्त्री हुनुभयो । प्रस्ताव ल्याउने तरिका यही हो रु कसरी प्रस्ताव आउछ त्यो पनि थाहा छैन रु यत्रो दिन मन्त्री हुनुभयो । केही बुझ्नु भएको छैन रु’

ओलीले एकोहोरो बोलिरहे तर उपेन्द्र चुप लागे । प्रतिवाद गरेनन् । प्रधानमन्त्रीको यस्तो व्यवहारपछि सरकार छाड्नु बाहेक अर्को बाटो उपेन्द्रसँग थिएन । त्यसको भोलिपल्ट २०७६ पुस ८ गते उनले एउटा विज्ञप्ति निकाली मन्त्री पदबाट राजीनामा गरे ।

उपेन्द्र यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा १७ महिना बसेका थिए । २०७५ जेठमा ओलीसँग दुई बुँदे सम्झौता गर्दै जसपा सरकारमा गएको थियो ।

जसको नेतृत्व पार्टी अध्यक्ष यादव आफैंले गरेका थिए । सरकारबाट हटेपछि ओलीसँग उपेन्द्रको सम्बन्ध निकै बिग्रियो । ओलीको सबैभन्दा आलोचक उपेन्द्र भए । त्यसपछि उनले ओलीलाई प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशी विरोधी भएको आरोप लगाए ।

२०७७ मा ओली सरकार अप्ठेरोमा परेको बेला ओलीले जसपासँग सहयोग मागेका थिए । तर यादवले ओलीसँग सहकार्य नगर्ने सार्वजनिक रुपमै अभिव्यक्ति दिए ।

त्यतिबेला उनले भनेका थिए, ‘संघीयता, गणतन्त्र र समावेशी विरोधी ओलीसँग जसपाले कहिले सहकार्य गर्दैन ।’ संघीयता र गणतन्त्रको पक्षधरको सरकार बनाउन नेपाली कांग्रेसले पहल गर्नु पर्ने धारणा उनले राखेका थिए । उनले भनेका थिए, ‘ओलीले संघीय गणतन्त्रलाई कहिले स्वीकार गरेका छैनन् ।’

ओलीको कट्टर विरोधी मानिएका उपेन्द्र अहिले आफैं ओलीको शरणमा गएका छन् । शुरुमा त जसपाकै कार्यकर्ताहरु चकित परेका थिए । तर अन्तिम समयमा उनी ओलीको शरणमा पुगेका छन् ।

ओलीसँगको सहकार्यले यसपटक पनि उपेन्द्रलाई नोक्सानी व्यहोर्नु पर्ने भएको छ । ठाउँ ठाउँमा एमालेले सहमति विपरीत आफ्ना उम्मेदवार उठाएको छ ।

जसपाका दोश्रो नेता अशोक राईले उम्मेदवारी दिएको सुनसरी १ समेत एमालेले स्वतन्त्र उम्मेदवार उठाएको छ ।

जसपा विभाजन गर्न ओलीले अध्यादेश ल्याएका थिए
जसपा विभाजन गर्न तत्कालीन प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याएका थिए । त्यो बेला झण्डै जसपा विभाजन भइसकेको थियो ।

विभाजन हुनै लागेको जसपालाई विभाजनबाट रोक्न यादवले २०७७ वैशाख १० गते मध्यरातमा तत्कालीन राष्ट्रिय जनता पार्र्टीसँग हतार हतार एकीकरण गरेका थिए ।

२०७७ वैशाख १० गते यादवलाई जनकपुरबाट पूर्व महानिरीक्षक एवं हालका एमालेका काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार सर्वेन्द्र खनाल, पूर्व मन्त्री एवं भक्तपुर २ का एमालेका प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेत र तत्कालीन सांसद किसान श्रेष्ठले अपहरणको शैलीमा काठमाडौं ल्याएका थिए ।

ओली सरकार जोगाउन यादवलाई काठमाडौ ल्याइएको थियो । काठमाडौ ल्याइएपछि उनलाई काठमाडांैको एउटा होटलमा राखियो ।

होटलबाट भागेर यादव जसपाको सम्पर्कमा गएका थिए । त्यसपछि जसपालाई फुटाउने योजना भताभुङ्ग भएको थियो । पार्टी विभाजन गर्न एउटा सांसद नपुग्ने भएपछि यादवलाई अपहरण गरी काठमाडौं ल्याइएको थियो । उनलाई काठमाडौं ल्याउनु अघि नै ओलीले बैशाख ८ गते पार्टी विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याइसकेका थिए ।

अध्यादेश ल्याएको दुई दिनमै जसपालाई फटाउने प्रयास भएको थियो । हाम्रोकुरा

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
स्वतन्त्र उम्मेदवार शेष मधेशी जनताहरुको लागि संघर्ष गर्ने क्रममा २३ पटक जेल परे

स्वतन्त्र उम्मेदवार शेष मधेशी जनताहरुको लागि संघर्ष गर्ने क्रममा २३ पटक जेल परे

रोहिंग्या मुसलमान बङ्गलादेशको लागि गम्भीर समस्या : शेख हसिना

रोहिंग्या मुसलमान बङ्गलादेशको लागि गम्भीर समस्या : शेख हसिना

सहकारीमा पैसा निकाल्न नपाएपछि तोडफोड

सहकारीमा पैसा निकाल्न नपाएपछि तोडफोड

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d