Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

प्रथम गायिका मेलवादेवी

क्रान्तिकारी गीत गाएपछि जो राणाको कोपभाजनमा परिन्


प्रथम गायिका मेलवादेवी

नेपाली आधुनिक संगीतको सुरुवात र त्यो भन्दा २० देखि २५ वर्ष अगाडि रेकर्डिङको इतिहास हेर्ने हो भने नेपालको पहिलो गायिका मेलवादेवीको नाम अगाडि आउँछ। पूर्वी नेपालको ओखलढुंगाको रुम्जाटारमा जन्मिएकी उनी गुरुङ परिवारमा जन्मिएर तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरको दरबारमा पसेपछि त्यो बेलाका प्रसिद्ध सांगीतज्ञ तबला बाधक भगतकृष्ण मानन्धरसँगको वैवाहिक जीवन पश्चात् मेलवादेवी मानन्धर हुनुभयो। ‘न घरलाई घर कहिन्छ नारी नै दरबार हो एक मात्र धर्म साधन स्वर्गको द्वार हो’ शुक्रराज शास्त्रीद्धारा लिखित नाटक ‘स्वर्गको द्वारको’ यो गीत गाएपछि राणाकालीन अवस्थामा विवादको घेरामा परिन्।

विवादको पहिलो अर्थ दरबारकी गायिका भएर बाहिरका क्रान्तिकारी व्यक्तिका गीत गाउनु र त्यो बेलाका महाराजा चन्द्रशमशेरकी पत्नी बालकुमारीको आँखामा मेलवादेवी बिझाउनु षड्यन्त्रको प्रमुख कारण हुन गयो।

करिब ५ वर्षको उमेरमा दरबार पसेकी उनको गला वा स्वर प्रकृतिको वरदान थियो। सङ्गीतका गुरुहरुको संगत सभा सम्मेलनले उनको स्वरलाई तिखार्दै लग्यो। आउ बसौँ पियारी मिरमिरे झ्यालैमा वा झन् पर जान्छौँ लै लै झन् माया लाउँछ बरिलै, सवारी मेरो रेलैमा जस्ता गीतबाट उनी नेपाली जनतामाझमा र दरबारकी गायिकाको रूपमा लोकप्रिय भइसकेकी थिइन्।

१९९० सालमा आएको महाभूकम्पलाई केन्द्रित गरेर उनले उक्त भूकम्पमा निधन भएका गुमेका हराएका व्यक्तिहरु प्रति समर्पित भएको नेपाल भाषा अर्थात् नेवार भाषाको गीत गाएपछि चर्चामा आइन्।

गुरुङ परिवारमा जन्मिए पनि उनको प्रेम सङ्गत नेवार परिवारसँग नजिक थियो। काठमाडौं क्षेत्रपाटी निवासी ओस्काद भगतकृष्ण मानन्धर जो तत्कालीन ओस्काद आशा गोपाल गुरु आचार्यका घनिष्ठ मित्र थिए। तबलाका पोख्त बाद्यबाधक थिए। मानन्धरसँग वैवाहिक जीवनमा गाँसिएपछि मेलवादेवीलाई राजा चन्द्रशमशेरले तल्लो छाउनीमा घर बनाइदिए।

ओखलढुंगाको रुम्जाटारमा जन्मिएकी उनी गुरुङ परिवारमा जन्मिएर तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरको दरबारमा पसेपछि त्यो बेलाका प्रसिद्ध सांगीतज्ञ तबला बाधक भगतकृष्ण मानन्धरसँगको वैवाहिक जीवन पश्चात् मेलवादेवी मानन्धर हुनुभयो।

यो घर नै उनको जीवनको निम्ति ठूलो चुनौती भयो। दरबारसँगको दूरी र मानन्धरको तेस्रो पत्नीको रूपमा घर प्रवेश गर्नु उनलाई असाध्यै चुनौतीपूर्ण भयो। चन्द्र शमशेरपछि आउँदै गरेको अर्का हुने वाला प्रधानमन्त्री जुद्ध शमशेरका पनि अप्रिय भएका मेलवादेवी राणाको कोपभाजनमा परिन। त्यसपछि उनी नेपाल छोडेर भारत तर्फ लागिन।

भारतका भिन्न प्रान्तमा गीत गाउँदै भारतमा सुमानन्दादेवीबाट नै नाम राखिन। उनले दोस्रो पटक नाम बदल्नुको कारण राणाको नजर नपरोस् भन्ने हो। इलावादमा सम्पन्न भएको ठुमरी मेलामा ठुमलकी रानी भन्ने पदवी दिइयो। प्रेमको ध्वनि भन्ने गीत गाएपछि उनलाई भारतमा वाहवाह मिल्यो।

१९९० सालपछि कलकत्ताको हिजो मास्टर्स भ्वाइसमा उनले नेपालको तर्फबाट ५ वटा आधुनिक, दुई वटा भजन र केही अन्य नेपाली गीत रेकर्ड गरिन्। त्यसको आधारमा नै उनी नेपालको पहिलो रेकर्डिङ गायिकाको रूपमा चिनिन्छिन्। ‘तनतनी तनतननी’ भन्ने गीत पनि गाइन्।

गुरुङ परिवारमा जन्मिए पनि उनको प्रेम सङ्गत नेवार परिवारसँग नजिक थियो। काठमाडौं क्षेत्रपाटी निवासी ओस्काद भगतकृष्ण मानन्धर तबलाका पोख्त बाद्यबाधक थिए। मानन्धरसँग वैवाहिक जीवनमा गाँसिएपछि मेलवादेवीलाई राजा चन्द्रशमशेरले तल्लो छाउनीमा घर बनाइदिए।

’आऊ बसौँ पियारी मिरमिरे झ्यालैमा’ यो गीतले उनको गलालाई प्रस्ट रूपमा गायिका हिसाबले उक्त कोटीको बनायो। वैवाहिक जीवन पनि दुई छोरा ओम र मेहान र दुई छोरी शान्ता र विमलाको जन्मपछि उनी घरपरिवारमा नै रमाउन चाहन्थिन्। तर श्रीमानसँगको दुरी बढ्दै गएपछि उनी फेरि एक्लै भइन्। यही समय उनका दुई छोराको मृत्यु भयो। दुई छोरी हुर्काउँदैमा उनको जीवन समर्पित भयो। छोरीहरूको वैवाहिक जीवन सम्पन्न भए पछि उनी कलकत्तामा बच्चाहरूलाई संगीत सिकाएर एक्लो जीवन बिताउन थालिन्।

उनले कलकत्तामा बसेर गीत सिकाइरहँदा नेपालबाट भारतमा नै गएर गीत रेकर्डिङ गराउने गायक गायिकाहरू उनलाई भेट्ने गर्दथे। सबै कुराले सम्पन्न भएपछि मेलवादेवी भित्रभित्र एक्ली र असहाय भएर गएकी थिइन्।

गायन यात्राको केही समयपछि उनले बाबा म मुम्बई जान्न र पापी भमरा जस्ता गीत एचएमडीका नेपालका डिलर देवनारायण एन्ड सन्सका अधिकृत बिक्रेताको तर्फबाट रेकर्डिङ गराइन्। त्यो ठूलो रेकर्ड लिएर देवनारायण एन्ड सन्का परिवार नेपाल आउँदै गर्दा जुद्ध शमशेरको शासनको भएको थाहा पाएर कलकत्ता फर्केको कुरा उनका छोरा द्वारिका नारायण मानन्धरले बताएका छन्।

उनले कलकत्तामा बसेर गीत सिकाइरहँदा नेपालबाट भारतमा नै गएर गीत रेकर्डिङ गराउने गायक गायिकाहरू उनलाई भेट्ने गर्दथे।

मेलवादेवी आफै कवितालाई बुझ्ने काव्य चेनता भएकी गायिका हुनाले उनले त्यति बेलाका क्रान्तिकारी लेखक शुक्रराज जोशीको नाटकको गीतलाई आफै संगीतमा गाएकी थिइन्। ‘राजा मती कुमती’ पनि रेकर्ड गराएकी थिइन् भन्ने कुराको चर्चा छ। तर त्यो मेलवादेवीको स्वरमा गुन्जिएको देखिँदैन। नेपाल भाषामा गीत गाउँने पहिलो गायक सेतुराम श्रेष्ठ हुन भने गायिका मेलवादेवी हुन्।

उनको कलकत्तामा खाना पकाउने स्टोभ पड्किएर निधन भयो। यो घटना नेपालमा आएको थिएन। पछि कलकत्ताका कहीँ पत्रिकाले यो खबर छापेपछि काठमाडौँमा रहेका पतिका घरका निकट व्यक्तिहरु कलकत्ता गएर दाहसंस्कार गरेका थिए।

उनकी छोरी विमला दीक्षितले नेपालमा आएर आमाको गायन बारेमा लेखेको लेखहरू पनि चर्चाका विषय रहेका थिए। उनले आफ्नो आमालाई चन्द्रशमशेरको प्रिय गायिका मानेको बताएकी छन्। जङ्गलमा सिकार गर्न जाँदा उनलाई लाने र मेलवादेवीले गीत गाएपछि नजिक आएका मृगलाई मार्न नपाइने भनेर चन्द्र शमशेरले उर्दी जारी गरेका थिए।

मेलवादेवी आफै कवितालाई बुझ्ने काव्य चेनता भएकी गायिका हुनाले उनले त्यति बेलाका क्रान्तिकारी लेखक शुक्रराज जोशीको नाटकको गीतलाई आफै संगीतमा गाएकी थिइन्।

चन्द्रशमशेरको समयमा युगिन गायिकाको रूपमा चर्चा पाइसकेकी उनलाई धेरै वर्षपछि उहाँको जन्मस्थान रुम्जाटारमा प्रतिमा स्थापना भयो। त्यसपछि चितवनका साहित्य समालोचक उपन्यासकार डिआर पोखरेलले उनको जन्म त्यहाँ पनि भएको होइन भनेर आशङ्का व्यक्त गरेर लेख लेखेका थिए। उनका गीतहरू पछि अन्य गायकले गाएका छन्।

’पहेंलो भन्नु सुरथि पत्र’, ’आऊ बसौपियारी’, ’थापा है थली हजुर’ जस्ता गीतका कारण उनी सर्वाधिक लोकप्रिय छन्। नेपाली गीतमा प्रेमीलाई परदेश भन्ने पहिलो गीत पनि उनले नै गाएको हो। उनका गीतका कुरा गर्दा ‘सानो र सानो कुसुमे रुमाल बरिलै’, ‘ज्यान तिमीले पयौकी बरिलै’, ’झन पर जान्छु लै लै झन् माया लाग्छ बरिलै’, ’सवारी मेरो रेलैमा’ लगायतका गीतहरू अविस्मरणीय छन्।

सानो र सानो कुसुमे रुमाल बरिलै’, ‘ज्यान तिमीले पयौकी बरिलै’, ’झन पर जान्छु लै लै झन् माया लाग्छ बरिलै’, ’सवारी मेरो रेलैमा’ लगायतका गीतहरू अविस्मरणीय छन्।

’स्वार्थको द्वार’ नाटकको गीतमा उनले नारी नै दरबार हो भनेर गाएको गीत सुन्दा एक सैन्य व्यक्तित्व हुन् भन्ने कुरा प्रष्ट हुन्छ। उनका बारेमा पछिल्लो समय सङ्गीतका अध्यापक लोचन रिजालले पनि जन्म एक शताब्दी पुगेको सन्दर्भमा काठमाडौँमा आर्मी अफिसर्सका एक कार्यक्रममा मेलवादेवी जस्तो युगान्तकारी गायिकाको अभाव नेपाली संगीतलाई सदैव भइरहने छ भनेर उल्लेख गर्नुभएको थियो। मेलवादेवीको तस्बिर पहिलो पटक साहित्यकार कमलमणि दीक्षितले सार्वजनी गरेका हुन्। उनको स्केचवाला तस्बिर मदन पुरस्कार पुस्तकालयबाट वितरण भएको थियो। गायिका, गीतकार संगीतकार मेलवादेवीप्रति हार्दिक श्रद्धाञ्जली।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

मरेका पाईलटलाई दोस दिएर विमान कम्पनीलाई वचाउने प्रपञ्च

मरेका पाईलटलाई दोस दिएर विमान कम्पनीलाई वचाउने प्रपञ्च

जातीय राजनीतिमा केन्द्रित यादवको चुनावमा हार पका

जातीय राजनीतिमा केन्द्रित यादवको चुनावमा हार पका

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d