Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

मरेका पाईलटलाई दोस दिएर विमान कम्पनीलाई वचाउने प्रपञ्च


मरेका पाईलटलाई दोस दिएर विमान कम्पनीलाई वचाउने प्रपञ्च

माघ १ गते यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाए। नेपालमा विमान दुर्घटना नौलो नभएपनि आन्तरिक उडाका विमान दुर्घटनामा भएको यो घट्ना सवैभन्दा ठुलो हो।

नेपालमा पहिलो पटक कालिंगा एयरको विमान सिमरामा दुर्घटना भएको थियो। त्यसपछि हालसम्म १०४ वटा हवाइ दुर्घटना भएका छन् भने ९२४ जनाले ज्यान गुमाइसकेका छन् । हरेक दुर्घटनापछि सरकारले छानविन समिति वनाउने गरेको छ। तर, छानविनको प्रतिवेदन भने सार्वजनिक गर्ने गरिएको छैन। सार्वजनिक भएपनि पाईलटलाई दोस देखाएर रफादफा गर्ने गरिएको छ।

हालसम्म विमान दुर्घटनाको छानविन गर्न कैयौं आयोग गठन भए, तर, तिनले दिएको सुझाव समेत कार्यान्वयन गरेको पाईदैन। बरु उल्टै मृत पाईलटलाई नै दोषको भारी बोकाउने र कमजोरीहरुलाई लुकाउने परम्परा नै वनिसकेको छ।

पछिल्लो घट्नामा पनि पाईलट र कोपाईलटलाई दोस दिएर घट्नालाई सिद्याउने प्रयास भईरहेको छ। विमान दुर्घटनापछि गठन भएको छानविन आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै जहाजको पखेटाको अवस्था, मानवीय कारण र पोखरा विमानस्थलको अवतरणको हवाईमार्गबारे विस्तृत अध्ययन गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ ।

गत माघ १ गते भएको दुर्घटना सम्बन्धी प्रारम्भिक प्रतिवेदन अनुसार दुर्घटना अघि विमानको कमाण्ड परिवर्तन भएको पाइएको छ । यसरी पाईलट र कोपाईलटलाई दोस दिएर अन्य कमजोरी दवाउन प्रयास गरेको भन्दै शुक्रवार काठमाण्डौंको शान्तिनगर निवासी विनय यादवले नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दर्ता गरी छानविन प्रतिवेदन माग गरेका छन् ।

यादवले दर्ता गराएको निवेदनमा माघ १ गते का दिन यती एयरलाइन्सको नाईन एन–एएनसी, एटिआर–७२५०० जहाज दुर्घटनाबारे भएको छानविनको प्रतिवेदनको पूर्ण प्रति, दुर्घट्नाको अन्तिम समय एयर ट्राफिक कन्ट्रोल र पाइलट, कोपाइलट बीच भएको संवादको अडियो तथा दुर्घटनाग्रस्त ब्ल्याक बक्समा भेटिएका अडियो प्रमाण र त्यस दिन ब्ल्याक बक्समा संग्रहित रेकर्डलाई पुस्टि गर्ने निकाय तथा संलग्नहरुको आधिकारीता माग गरिएको छ।

‘विश्वमा हेर्ने हो भने हवाई यात्रा सवैभन्दा सुरक्षित मानिन्छ। तर नेपालमा भने घुस्याहाहरुका कारण हवाई यात्रालाई सवैभन्दा खतरानाक वनाईएको छ।’ यादव भन्छन्–‘अहिले पनि पाईलटलाई दोस दिएर विनमानमा भएका कमजोरीलाई दवाउने प्रयास भईरहेको छ। यो षडयन्त्रले पीडितलाई थप पीडा दिएकाले मैले न्यायका लागि पहल गरेको हुँ।’

नेपालको सन्दर्भमा अधिकांश विमान थोत्रा र कामै नलाग्ने विमानलाई उडान अनुमति दिएर आधा घण्टाको हवाई यात्रालाई पनि त्रासदीपूर्ण वनाईएको उनको भनाई छ। ‘सवैले देखिरहेकै हो। कुनैको उड्दाउड्दै ढोका खुल्छ, कुनैको ल्याण्ड गर्ने वेलामा चक्का नै खुल्दैन, कुनैमा हिड्दा हिड्दै आगो लाग्छ’ उनले भने –‘विमान दुर्घटना केका कारणले भईरहेको छ, यसले पुष्टि गर्दैन ? मरिसकेको मान्छे वोल्दैन भनेर जे पनि भन्दिने ?’

पछिल्लो घट्नामा पनि मरिसकेका पाईलटलाई दोसी वनाउने प्रपन्च भईरहेकाले वास्तविक्ता जनसमक्ष पुगोस भने आफुले यो प्रयास गरेको यादवले दावी गरे।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
जातीय राजनीतिमा केन्द्रित यादवको चुनावमा हार पका

जातीय राजनीतिमा केन्द्रित यादवको चुनावमा हार पका

एमालेको विरोध गर्न नसक्‍ने स्थितिमा उपेन्द्र, हारतर्फ अग्रसर

एमालेको विरोध गर्न नसक्‍ने स्थितिमा उपेन्द्र, हारतर्फ अग्रसर

भुटानले चीनको पक्ष लिए श्रीलंका र पाकिस्तानजस्तै  ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी 

भुटानले चीनको पक्ष लिए श्रीलंका र पाकिस्तानजस्तै  ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी 

Leave a ReplyCancel reply

लोकप्रिय

US Special Forces provide intelligence and planning support to Ecuadorian military

US Special Forces provide intelligence and planning support to Ecuadorian military

Annual political debate begins in China, economy top agenda

Annual political debate begins in China, economy top agenda

Experts’ meeting decides on hereditary statehood debate in Iran

Experts’ meeting decides on hereditary statehood debate in Iran

Security Council meeting chaired by Sushila Karki, special emphasis on election security

Security Council meeting chaired by Sushila Karki, special emphasis on election security

Election Campaigning to Halt from Midnight Ahead of House of Representatives Polls

Voters Allowed to Use Six Types of Documents for Thursday’s House of Representatives Election

Middle East tensions put pressure on China’s oil imports

Middle East tensions put pressure on China’s oil imports

School premises temporarily closed, security tightened at other educational institutions

School premises temporarily closed, security tightened at other educational institutions

Iran-Israel-US war enters fourth day

Iran-Israel-US war enters fourth day

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d