भारतीय रक्षामन्त्री राजनाथ सिंह र भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले कञ्चनजंघा हिमाल आरोहण गर्ने संयुक्त टोलीलाई विदाइ गरेका छन् ।
नयाँ दिल्लीमा बिहीबार रक्षामन्त्री सिंह र राजदूत डा.शर्माले नेपाल–भारतका सैनिकलाई झण्डा प्रदान गरेर विदाइ गरेका हुन् । ६ जना नेपाली सैनिक र १२ जना भारतीय सैनिकको संयुक्त अभियान कञ्चनजंघा हिमाल आरोहण गर्ने तयारीमा छ ।
२५ जना भारतीय सेनाका पर्वतारोही र १० जना एनसीसी क्याडेटहरूले सगरमाथा आरोहण गर्ने प्रयास गरिरहेको राजदूत डा.शर्माले बताएका छन् ।
भारतीय रक्षामन्त्री सिंह र आफूले उनीहरूलाई बिदाइ गर्न पाउँदा खुसी लागेको राजदूत डा.शर्माले बताएका छन् ।












