Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

लहान नगरपालिकामा एक वर्षमै इन्धनमा ५ करोड स्वाहा, अख्तियरद्वारा मुद्दाको तयारी


लहान नगरपालिकामा एक वर्षमै इन्धनमा ५ करोड स्वाहा, अख्तियरद्वारा मुद्दाको तयारी

सिरहा ।  सिरहाको लहान नगरपालिकाले एकवर्षमै इन्धनमा पाँच करोड भन्दा बढी खर्च गरेको खुलेको छ । आर्थिक वर्ष २०७९÷०८० मा पूजीँगत तर्फ इन्धन शीर्षकमा ५ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरी खर्च गरेको तथ्य फेला परेको हो ।

नगरपालिकाले पदाधिकारी, कार्यालय प्रयोजन, सरसफाइ, फुटकर योजना लगायतका लागि छुट्टाछुट्टै इन्धन शीर्षक तोकेर उक्त रकम विनियोजन गरेको थियो । सो आर्थिक वर्षमा पालिकाले पदाधिकारीको लागि इन्धनमा १ करोड ५८ लाख, कार्यालय प्रयोजनको लागि इन्धनमा ५० लाख, सरसफाईको लागि इन्धनमा १ करोड, फुटकर योजना इन्धनमा ९७ लाख २४ हजारसहित गरी ५ करोड ५ लाख २५ हजार थियो ।

यसरी विनियोजन गरिएको रकम इन्धनमा जथाभावी खर्च गरिए छ । मेयर महेश प्रसाद चौधरी र उपमेयर रामचलितर महतोको मौखिक आदेश वा तोकादेश मार्फत कानुनविपरीत खर्च गरिएको तत्कालीन कर्मचारी स्रोतको दावी छ ।
सो आवमा कानुन विपरीत पदाधिकारी तथा कर्मचारीलाई इन्धन वितरण गरिएको छ । ०७९ साल जेठ १९ गते मेयर चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकबाट कार्यपालिका सदस्यहरूलाई यातायात सुविधा स्वरूप मोटरसाइकल, स्कुटर र मासिक ३० लिटर इन्धन दिने निर्णय गरिएको थियो । सो निर्णयको आधारमा कानुन विपरीत जनप्रतिनिधिलाई मनपरी इन्धन वितरण गरेर व्यापक रूपमा अनियमितता भएको छ ।

नगरपालिकाका मेयर चौधरी विगतमा पनि जनप्रतिनिधिले सो अनुसार सेवा पाएकाले सो आर्थिक वर्षमा आफूले निरन्तरता मात्र दिएको दावी गरे ।
‘सो आर्थिक वर्षमा हामी भर्खर निर्वाचित भएर आएका थियौं । विगतकै अभ्यास अनुसार अनुसार नै कार्यपालिका सदस्यहरुलाई मासिक ३० लिटर इन्धन दिने निर्णय गर्यौं’ उनले भने । तर पछि भने कानुन विपरीतको इन्धन कार्यपालिका सदस्यहरुले फिर्ता गरेको मेयर चौधरीको भनाइ छ ।

इन्धन वितरणको लगबुकमा स्थानीय व्यक्ति, पत्रकार, संघसंस्था र सुरक्षा निकायलाई समेत चन्दा स्वरूप इन्धन वितरण गरिएको विवरण समावेश गरिएको छ । आर्थिक वर्षको सुरुकै सात महिनाको अवधिमा मात्र इन्धन शीर्षकमा २ करोड ३८ लाख रुपैयाँ खर्च भएको नगरपालिकाको तथ्यांकमा छ । यो खर्च २०७९ साउनदेखि फागुन ३ गतेसम्मको अवधिको हो । यस अवधिमा २ करोड ३८ लाख २६ हजार ३५९ रुपैयाँ खर्च गरिएको छ । यसै अवधिमा मात्र ट्रेड सेन्टर लहानलाई मात्र नगरपालिकाले १ करोड २१ लाख ३५ हजार ५५८ रुपैयाँ इन्धनको आपूर्ति बापत भुक्तानी गरेको छ ।

यति इन्धन खर्च हुनुमा सरसफाइ, सडक मर्मत, ग्राभेल कार्य, बलान नदी डाइभर्शन, खुट्टी नहर सफाइ, छठ घाट निर्माण जस्ता कार्यमा ट्रयाक्टर, एक्साभेटर, लोडर र पानी ट्यांकर जस्ता उपकरणमा इन्धन प्रयोग गरिएको छ । दमकल तथा नगर बस सञ्चालनमा समेत इन्धन खर्च भएको विवरणमा उल्लेख छ ।
त्यस्तै, पदाधिकारी तथा कर्मचारीहरूको निजी सवारीसाधन र विभिन्न अध्ययन अवलोकन भ्रमणका लागि समेत इन्धन उपलब्ध गराइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेखित प्रक्रिया नअपनाई इन्धन वितरण तथा भुक्तानी गरिएको पाइएको छ । सो ऐन अनुसार इन्धन वितरण गर्दा आवश्यक माग फारम स्वीकृत गरी, लगसिट तयार पारेर कुपन उपलब्ध गराइनु पर्ने व्यवस्था छ । कुपन प्राप्त गरेपछि सम्बन्धित पक्षले बिल, निवेदन र अन्य आवश्यक कागजातसहित आन्तरिक प्रशासन शाखामा पेश गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र चेक परीक्षण गरी भुक्तानी दिने प्रावधान भए तापनि, उक्त प्रक्रिया नअपनाई इन्धन वितरण तथा भुक्तानी गरेको देखिन्छ ।

उपकरणलाई इन्धन उपलब्ध गराएपनि सो प्रयोग गरेर गरिएको योजनाको काममा समेत दोहरो इन्धनको भुक्तानी लिइएको स्रोताको दावी छ ।
मेयर चौधरीले २४ वटा वडा रहेको, सबै वाडमा सरसफाइमा ट्याक्टर प्रयोग गर्न, गाउँपालिकाका विकास निर्माणमा आफ्नै जेसिबी प्रयोग गर्न ठूलो परिमाणमा इन्धन खर्च हुने गरेको तर्क गरे । उनले पाँच करोड रकम विनियोजन र खर्च नभएको दावी गरे ।

‘संघसंस्थाहरुलाई पनि कानुन अनुसार नै इन्धन उपलब्ध गराइएको छ । पाँच करोड खर्च भएको छैन’ उनको दावी छ ।
यता पालिका उपप्रमुख चलितर महतोले आफूले कसैलाई पनि आफ्नो तोकआदेशकमा इन्धन उपलब्ध नगराएको दावी गरे ।
देशभरमै एकवर्षकै अवधिमा इन्धनमा यति ठूलो परिमाणमा खर्च गरेको पालिका अहिलेसम्म लहान मात्र हो । इन्धनमा ठूलो मात्रामा बजेट विनिजोजन गरी खर्च गरेर अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

यस बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । पदाधिकारी तथा तत्कालनि कर्मचारहरुलाई समेत बोलाएर अख्तियारले बयान लिएको छ । अख्तियारले बयान लिएपछि जोगिनका लागि कानुन विपरीत लिएको इन्धनको रकम राजश्वमा फिर्ता गरिएको स्रोतको दावी छ ।

मेयर चौधरी र उपमेयर महतोले अख्तियारले बयान लिएको स्वीकारे । उपमेयर महतो मेयर चौधरी अफै मनपरी इन्धन वितरण गरेको र त्यसमा आफ्नो कुनै संलग्नता नभएको दावी गरे ।
अख्तियारका अनुसन्धान अधिकारीले अनुसन्धानबाट इन्धनमा पाँच करोड नै खर्च भएको पाइएको छ । ‘पहिलो पटक कुनै नगरपालिकाले यति ठूलो रकम इन्धनमा विनियोजन गरेर खर्च गरेको छ । त्यसमा मनपरी इन्धन बाँडेको, कतिपयमा दोहरो भुक्तानी गरेको, लगबुक समेतमा कानुन सम्मत आधार नदेखिएको र रकमको दुरुपयोग तथा अनियमितता भएको अनुसन्धानमा देखिएको छ’ उनले भने ।

यसरी कानुन विपरीत इन्धनमा खर्च गरी अनियमितता गरेकोमा मेयर चौधरीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरुको रुपमा सुभद्रा पन्थी, सत्रुधन प्रसाद चौधरी, तत्कालीन लेखाअधिकृत मायानाथ अचार्य, नगरपालिकाका अधिकृत छैठौं भवानीलाल चौधरी, अधिकृत छैठौं रामकृष्ण महतोको समेत संलग्नता रहेको पाइएको अनुसन्धान अधिकारीले बताएका छन् ।
अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायरको तयारी गरेको हो । विस्तृत अनुसन्धान सकिएको र अब विशेष अदालतमा मुद्दा दर्ताको तयारी रहेको अख्तियार स्रोतले जनाएको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप

अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप

मधेशमा अस्पतालहरुको स्वीकृति र नविकरणमा ठूलो रकम चलखेलको आशंका, अख्तियारले थाल्यो अनुसन्धान

मधेशमा अस्पतालहरुको स्वीकृति र नविकरणमा ठूलो रकम चलखेलको आशंका, अख्तियारले थाल्यो अनुसन्धान

मधेशमा विपद् जोखिम न्यूनिकरण गर्न स्वयंसेवक तयार गर्दै सशस्त्र प्रहरी

मधेशमा विपद् जोखिम न्यूनिकरण गर्न स्वयंसेवक तयार गर्दै सशस्त्र प्रहरी

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d