Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

गुगल संस्थापक भन्छन् : एआईलाई धम्की दिनुस्, राम्रो उत्तर दिन्छ

गुगल संस्थापक भन्छन् : एआईलाई धम्की दिनुस्, राम्रो उत्तर दिन्छ

गुगलका संस्थापक सर्गेई ब्रिनले आर्टिफिसियल इन्टेलिजेन्सका विषयमा हालै दिएको एक अभिव्यक्तिले एआईको प्रयोग, नैतिकता र व्यवहारका बारेमा गम्भीर बहस जन्माएको छ ।

हालै अमेरिकाको मायामीमा आयोजित अल इन लाइभ कार्यक्रममा दिएको एक ठट्टायुक्त अभिव्यक्ति विवादित बनेको हो ।

ब्रिनले भनेका थिए : हामीले एआई समुदायमा यो कुरा धेरै उठाउँदैनौं । तर, साँचो कुरा के हो भने सबैजसो एआई मोडेललाई यदि तपाईंले शारीरिक हिंसाको धम्की दिनुभयो भने यिनीहरुले राम्रो जवाफ दिन्छन् । उनका अनुसार जवाफ नदिएमा अपहरण गर्ने धम्की दिएमा एआईले तुरुन्तै राम्रो काम गर्दछ ।

विनम्रताले प्रभाव पार्छ ?

कृपया तथा धन्यवाद जस्ता शब्दहरू प्रयोग गरियो भने एआईबाट प्राप्त हुने उत्तर अझै उत्कृष्ट हुने विश्वास एआई प्रयोगकर्ताहरूमा रहन्छ । तर, च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईका सिइओ साम अल्टम्यानले भने एआईसँग त्यस्तो विनम्रताको प्रयोग अर्थहीन रहेको र यसले केवल करोडौं डलरको कम्प्युटिङ शक्ति नष्ट गर्ने बताउँछन् ।

प्रम्प्ट इन्जिनियरियङको पुनः बहस

ओपन एआईका सिइओ ब्रिनको भनाइसँगै एआई बाट उत्कृष्ट उत्तर प्राप्त गर्न प्रयोग हुने प्रम्प्ट इन्जिनियरिङ फेरि चर्चामा आएको छ ।

IEEE Spectrum ले यो प्रविधि मृतप्रायः भएको बताएको छ । द वालस्ट्रिट जर्नलले यो पेशालाई सन् २०२३ को सबैभन्दा उत्कृष्ट जागिरको उपमा दिएपछि पछि त्यसलाई अप्रासंगिक ठहर गरेको थियो।

तर युनिभर्सिटी अफ इलिनोइसका प्राध्यापक ड्यानियल काङले चाहिं नम्र भाषाको प्रयोगले कतिपय अवस्थामा एआईको प्रदर्शनमा सुधार पनि देखिएको छ ।

गतवर्ष सन् २०२४ मा प्रकाशित Should We Respect LLMs  ?  विषयक अध्ययनले पनि कतिपय परिस्थितिमा एआईसँग विनम्रता उपयोगी हुने देखाएको छ।

एआईका लागि पुनः सक्रिय ब्रिन

सर्गेई ब्रिन सन् २०१९ मा गुगलबाट अलग्गिएका थिए। तर, पछिल्लो समयमा एआईको तीव्र विकास देखेपछि उनी २०२३ मा पुनः सक्रिय भएका हुन् । अहिले उनी गुगलको जेमिनाई एआई प्रोजेक्टमा सल्लाहकारको भूमिकामा कार्यरत छन् ।

अहिले जो कोही मानिस कम्प्युटर विज्ञानमा संलग्न रहेकोले आफूले अवकाश लिने समय नभएको उनको भनाइ छ । उनले भनेका छन्, ‘जो कोही कम्प्युटर साइन्समा संलग्न छन्, अहिले रिटायर हुनुपर्ने समय होइन।’

वास्तवमा यो गुगल संस्थापक ब्रिनको ठट्टायुक्त अभिव्यक्ति भएपनि यसले एआईको व्यवहार तथा प्रयोगकर्ता र एआई मोडेलबीचको सम्बन्धबारे गम्भीर प्रश्नहरू उठाएको छ। त्यसैले एआईसँग विनम्रता र धम्कीको प्रयोगले कस्तो भूमिका खेल्छ भन्ने विषय थप अनुसन्धानको विषय बन्ने देखिन्छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
आरसीबीको विजयी उत्सव मनाउने भिडमा भागदौड हुदाँ मृत्यु हुनेको संख्या ११ पुग्यो

आरसीबीको विजयी उत्सव मनाउने भिडमा भागदौड हुदाँ मृत्यु हुनेको संख्या ११ पुग्यो

कर्णाली सरकारको नीति तथा कार्यक्रम ‘मेक इन कर्णाली’ र ‘मेड इन कर्णाली’ अभियान सञ्चालन गरिने

कर्णाली सरकारको नीति तथा कार्यक्रम ‘मेक इन कर्णाली’ र ‘मेड इन कर्णाली’ अभियान सञ्चालन गरिने

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, बुधबारसम्म झन्डै ६ करोड संकलन

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, बुधबारसम्म झन्डै ६ करोड संकलन

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d