Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

बहुमतको टुङ्गो नलाग्दै प्रधानमन्त्री बन्न ‘हानथाप’


बहुमतको टुङ्गो नलाग्दै प्रधानमन्त्री बन्न ‘हानथाप’

काठमाडौं- चुनावअघि नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतसहित कतिपय शीर्ष नेताहरूले आगामी सरकार कांग्रेसकै नेतृत्वमा बन्ने र गठबन्धनका तर्फबाट प्रधानमन्त्री फेरि सभापति शेरबहादुर देउवा नै हुने दाबी गरेका थिए।

तर, ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा भावी प्रधानमन्त्रीका लागि कांग्रेसबाट कैयौं दाबेदार देखिन थालेका छन्।

जबकि जारी मतगणनाबाट सत्तारुढ गठबन्धनको पक्षमा बहुमत पुग्ने प्रस्ट मार्गचित्र अझै तयार भइसकेको छैन।

पछिल्लोपटक प्रधानमन्त्रीका लागि दाबी गर्नेमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि परेका छन्।

पौडेलले संसदीय दलको चुनाव लड्ने र प्रधानमन्त्री पदमा दाबी गर्ने बताएका छन्।

अहिलेकै गठबन्धनमबा रहेका दलहरूको नेतृत्वमा सरकार बन्ने र बहुमत नपुग्ने अवस्था आए अन्य दलहरूको पनि समर्थन जुटाउने उनको भनाइ छ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पौडेल भन्छन्,‘राष्ट्रलाई मेरो आवश्यक्ता छ। मैले देशलाई योगदान पु¥याउनु छ। मेरो यत्रो क्षमत र अनुभवालाई उपयोग गर्न नै पाइएन। अब देशमा मेरो परीक्षण हुनुपर्छ।’

नवलपुर १ बाट निर्वाचित भएपछि कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पनि आफू संसदीय दलको नेतामा दाबी गर्ने प्रतिक्रिया दिएका छन्।

मोरङ ६ बाट निर्वाचित कांग्रेस नेता शेखर कोइरालाले ‘साथीहरूसँगको छलफलपछि’ मात्रै आफूले संसदीय दलको नेतृत्वका लागि दाबी गर्ने या नगर्नेबारे निर्णय लिने बताएका छन्।

आगामी सरकारको नेतृत्वका लागि आफ्नो दाबी रहने कांग्रेस महामन्त्री गगन थापाले यसअघि नै बताइसकेका छन्।

निर्वाचनको परिणाम घोषणा भएलगत्तै थापाले समर्थकहरूलाई गरेको सम्बोधनमा प्रधानमन्त्रीमा आफ्नो दाबेदारीको संकेत गरेका थिए।

उनले भनेका थिए,‘आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु, मतदाताले मनको कुरा व्यक्त गर्नुभएको छ। त्यो पूरा गर्नुपर्छ।’

चुनाव प्रचारप्रसारका बेला उनका समर्थकहरूले थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेका थिए। उनको जितको ‘ह्याट्रिक’ का लागि यो ‘फ्याक्टर’ ले पनि काम गरेको विश्लेषण भइरहेको छ।

महामन्त्री थापा पनि जनताले स्थायित्वमात्रै नभइ नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजिरहेको बताएका थिए।

समर्थकहरूलाई सम्बोधन गर्दै उनले भनेका थिए,‘नयाँ चालक कांग्रेसभित्रै छन्। यो बहस पार्टीभित्र पनि भइसकेको छ। कांग्रेसले नयाँ नेतृत्व दिन जरूरी छ। देशभरबाट यो विचार व्यक्त भएको छ।’

थापाको प्रस्ट संकेत छ– भावी प्रधानमन्त्रीका लागि उनको दाबेदारी रहनेछ।

पार्टीको संसदीय दलको नेतामा चुनिने थापाको प्रयासमा आफ्नो साथ रहने धारणा अर्का महामन्त्री विश्वप्रकश शर्माले सार्वजनिक रूपमै राखिसकेका छन्।

पाँचपटक प्रधानमन्त्री बनिसकेका ७७ वर्षीय देउवामाथि नेतृत्व हस्तान्तरणका लागि कतिपय युवा नेताहरूले दबाब दिँदै आइरहेका छन्।

एक दशकअघि संसदमा १७ पटक प्रधानमन्त्री पदको चुनाव लडेर पनि परिणाम आफ्नो पक्षमा पार्न नसकेका पौडेल आफूलाई एकपटक सरकारको नेतृत्व गर्ने मौका दिइनुपर्ने तर्क गर्दै आएका छन्।

अहिलेसम्मको मतपरिणामको अवस्था के छ?

अहिलेसम्म घोषणा भएका मतपरिणामलाई हेर्ने हो भने कांग्रेस नेकपा एमालेभन्दा केही सिटले अगाडि रहेको छ।

मतगणनको पछिल्लो परिणामअनुसार प्रत्यक्षतर्फ कांग्रेस ५३ सिटमा निर्वाचित भइसकेको छ भने ३ मा अग्रता कायम गरेको छ।

त्यस्तै नेकपा एमालेले ४१ सिट जितेर २ मा अग्रस्थानमा रहेको छ।

प्रत्यक्षतर्फ चाथौं र पाँचौं स्थानमा सत्ता गठबन्धनका घटक दल माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) छ।

माओवादी केन्द्रले १७ र एकीकृत समाजवादीले १० सिट जितेको छ।

त्यस्तै गठबन्धनमै रहेको अर्को दल लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) ले ४ सिट जितेको छ।

चुनावमा एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टी (जसपा) ले ६ सिट जितेर १ स्थानमा अग्रता कायम गरेको छ।

समानुपातिक प्रणालीअन्तर्गतको मतगणनामा पहिलोमा नेकपा एमाले छ। आइतबार दिउँसोसम्म कांग्रेस यो दलभन्दा ३ लाख ९७ हजार ९९० मतले पछाडि छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको समानुपातिकतर्फको मत राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा केहीमात्रै बढी छ। दुवै दलबीचको मतान्तर ४१ हजार २७२ छ।

माओवादी केन्द्रको ९ लाख ६९ हजार ३९६ र राष्ट्रिय स्वतन्त्र पार्टीको ९ लाख २८ हजार १२४ रहेको छ।

समानुपातिक गणनामा सत्ता गठबन्धनका घटक दल एकीकृत समाजवादी र लोसपाभन्दा बढी मत राप्रपाले ल्याएको छ।

विश्लेषकहरू अहिलेकै अवस्थामा पाँचदलीय गठबन्धनको सरकार बन्ने सम्भावना बढेको बताउन थालेका छन्।

राजनीतिक विश्लेषक सुरेन्द्र लाभ प्रत्यक्षतर्फको परिणाम र समानुपातिकमा दलहरूले प्राप्त गरिरहेका मतलाई हेर्दा फेरि यही गठबन्धनको सरकार बन्ने सम्भावना देखिएको बताउँछन्।

‘हिजोसम्म अर्कै अवस्था देखिएको थियो। मिलिजुली सरकार बन्ने सम्भावना बढेको जस्तो देखिन्थ्यो। तर, आजबाट परिस्थिति फेरिएको छ,’ आयोमेलसँग लाभले भने,‘प्रत्यक्षतर्फको परिणाम र समानुपातिकको मतलाई हेर्दा गठबन्धनकै सरकार बन्ने देखिन्छ।’

पछिल्लो मत परिणामलाई आधार मान्दा कांग्रेस ठूलो दल बन्न गइरहेकोले आगामी सरकारको नेतृत्व पनि त्यही दलबाट हुने सम्भावना धेरै रहेको उनको भनाइ छ।

‘ठूलो दल कांग्रेस बन्ने देखिएको छ, सरकारको नेतृत्व पनि त्यही दलबाट हुने स्वभाविक छ,’ सरकारको नेतृत्व कसले गर्नसक्ने प्रश्नको जवाफमा उनले भने,‘आकांक्षा त सबैले राख्न सक्छन्। तर, त्यसका लागि संसदीय दलको नेतामा निर्वाचित हुनु जरूरी हुन्छ।’

गोरखाबाट चुनाव जितेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर बधाइ दिएका थिए।

उनले बधाइ दिँदै सहकार्यका लागि प्रस्ताव गरेको बताइएको छ।

तर, शनिबारमात्रै कांग्रेस सभापति शेरबहादुर र प्रचण्डबीच पनि भेटघाट भएको छ। चुनावपछि दुवै नेताबीच शनिबार पहिलोपटक भेटघाट भएको हो।

अहिलेकै गठबन्धनलाई निरन्तरता दिने विषयमा दुवै नेताबीच छलफल भएको बताइएको छ।

चुनावमार्फत पहिलोपटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफू सहकार्यका लागि खुला रहेको संकेत दिएको छ। आयोमेल बाट

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
कांग्रेसको त्याग : आफू हारेर गिरिजाले देश जोगाए, संविधान जोगाउन गृहमन्त्री खाणले आफू हार्न तयार भए

कांग्रेसको त्याग : आफू हारेर गिरिजाले देश जोगाए, संविधान जोगाउन गृहमन्त्री खाणले आफू हार्न तयार भए

ओलिको मुख्य सेना प्रतिनिधि सभामा बस्न नपाउने भए पछि

ओलिको मुख्य सेना प्रतिनिधि सभामा बस्न नपाउने भए पछि

साताको आडमा नवराजपुर गाउँ पालिकाको अध्यक्षको  छोरा सरकारी गाडीको दुरुपयोग गर्दै

साताको आडमा नवराजपुर गाउँ पालिकाको अध्यक्षको छोरा सरकारी गाडीको दुरुपयोग गर्दै

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d